आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

आज र भोलि केही स्थानमा भारी वर्षाको सम्भावना

    प्रकाशित २०७९ श्रावण ४, बुधबार (२ साल अघि)


काठमाडौं, ४ श्रावण । आज र भोलि गण्डकी, सुदूरपश्चिम, लुम्बिनी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थान भन्दा केहि उत्तर तिर र पश्चिमी भूभागमा सरदरको आसपासमा रहेको छ । जसका कारण देशभर सामान्य बदली रहेको छ ।

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ ।आज देशको पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ

भोलि बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

Write your Comment