आज:  २०८१ माघ २७, आईतबार | Sun, 09, Feb, 2025 Search
FLASH NEWS

विश्व कप क्रिकेट लिग–२ मा नेपालले आज स्कटल्यान्डसँग खेल्दै

    प्रकाशित २०७९ श्रावण १, आईतबार (२ साल अघि)


काठमाडौं।आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।

स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो ।

नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । तर नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।

नेपालसँग पराजित स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ । नेपाल लिग–२ को अङ्क तालिकामा छैटौँ स्थानमा छ । नेपालले १९ खेलमा १७ अङ्क जोडेको छ । स्कटल्यान्ड दोस्रो स्थानमा छ । स्कटल्यान्डले २३ खेलमा ३२ अङ्क जोडेको छ ।

नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हारका साथ १८ अङ्कका साथ पाँचौँ स्थानमा उक्लिएको छ ।

समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ । शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।

Write your Comment