आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

ओपेराद्वारा विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण

    प्रकाशित २०७९ अषाढ ३१, शुक्रबार (१ साल अघि)


देवचुली ।ओपेरा टेक्निकल इन्स्टिच्युटले तीन महिना आधारभूत तथा डिप्लोमा कम्प्युटर सिकेका विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । शुक्रबार दलदले साहारा पार्टी प्यालेसमा विभिन्न विद्यालयबाट २०७८ सालको एस.ई.ई दिएका विद्यार्थीहरुले ओपेरा टेक्निकल इन्स्टिच्युटमा संचालन भएको ३ महिने आधारभूत तथा डिप्लोमा कम्प्युटर तालिम पूरा गरेका विद्यार्थीहरुलाई दिक्षान्त समारोह गरि प्रमाण पत्र वितरण गरिएको हो ।


कार्यक्रममा देवचुली मार्टका प्रबन्ध निर्देशक सुनिल न्यौपाने, भीमसेन आदर्श नमूना मा.वि.का +२ कोअर्डिनेटर कृष्ण काफ्ले, नेपाल मा. वि.का शिक्षक शशी लम्साल, गैडाकोट नमुना स्कूलका प्रतिनिधि, सरस्वती निकेतन साइन्स एण्ड म्यानेजमेन्टका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए । ओपेरा टेक्निकल इन्स्टिच्युटमा कम्प्युटर तालिम लिएकी छात्रा आस्था अधिकारीले ओपेरामा अध्ययन गर्दाको अनुभव सुनाएकी थिइन ।


ओपेरा टेक्निकल इन्स्टिच्युटका संचालक केशव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।ढुन्डिराज केसीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण नरेन्द्र भण्डारीले गर्नुभएको थियो ।

 

Write your Comment