आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

स्वास्थ्य बीमा बोर्ड नवलपुरको कार्यालयमा लगाइएको ताला खुल्यो

    प्रकाशित २०७९ अषाढ २८, मंगलबार (१ साल अघि)

देवचुली ।स्वास्थ्य बीमा बोर्ड नवलपुरको कार्यालयमा लगाईएको ताला खोलिएको छ। विभिन्न माग राखी स्वास्थ्य बीमा दर्ता सहयोगीद्वारा स्वास्थ्य बीमा बोर्ड जिल्ला शाखा कार्यालय नवलपुरमा सोमबार लगाइएको ताला खोलिएको हो।

बीमा बोर्डको तर्फबाट नवलपुर जिल्ला संयोजक जयसोर भुसालले लिखित प्रतिबद्धता जनाउँदै जिल्लाबाट पूरा गर्न सकिने मागहरु तत्कालै सम्बोधन गरिने र जिल्लाले पुरा गर्न नसक्ने मागहरु माथिल्लो निकायमा पठाएर समस्याको समाधान गर्ने बताएपछि ताला खोलिएको हो । दर्ता सहयोगीहरुको माग स्वास्थ्य बीमा सुदृढीकरणका लागि अति नै महत्त्वपूर्ण रहेकाले मागहरू पूरा गर्न बीमा बोर्ड गम्भीर भएर लाग्ने समेत भुसालले बताए ।

मंगलबार नै दर्ता सहयोगीले जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई समेत ज्ञापनपत्र बुझाउदै आफ्ना मागहरू पुरा गर्न अनुरोध गरेका थिए। प्रमुख जिल्ला अधिकारी घिमिरेले स्वास्थ्य बीमा दर्ता सहयोगीहरुको मागबारे तत्कालै बीमा बोर्डको केन्द्रिय कार्यालय लगायत माथिल्ला सरोकारवाला निकायहरुमा जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका दर्ता सहयोगीले बताएका छन्।

स्वास्थ्य बिमा बोर्डबाट अत्यावश्यक स्वास्थ्य सेवा निरन्तरताका लागि जिल्ला प्रशासन कार्यालय नवलपुरले स्वास्थ्य बीमा बोर्डको केन्द्रिय कार्यालय टेकुमा पत्राचार समेत गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित पत्रमा बीमा र सो सम्बन्धि स्वास्थ्य सेवाहरु सुचारु गर्ने व्यवस्था मिलाउनका लागि अनुरोध गरिएको छ ।

Write your Comment