आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

हरिशयनी एकादशीका अवसरमा वैदिक धर्म परिषद् देवचुली १० द्वारा सत्सङ्ग कार्यक्रम सम्पन्न

    प्रकाशित २०७९ अषाढ २६, आईतबार (१ साल अघि)


देवचुली ।हरिशयनी एकादशीका अवसरमा वैदिक धर्म परिषद् देवचुली १० द्वारा सत्सङ्ग कार्यक्रम सम्पन्न गरेको छ । वैदिक धर्म परिषद् देवचुली १० द्वारा आयोजित सत्सङ्ग कार्यक्रममा प्रखर कथावाचक पं बालकृष्ण न्यौपानेले वैदिक धर्मको लक्ष्य र एकादशीको महत्व र सबै मानवलाई धर्म गर्ने र मान्ने अधिकार छ तर धर्म के हो? यसको औचित्य के हो? भन्ने बारेमा प्रष्ट पार्नुभएको भएको हो।

वैदिक धर्म परिषद् देवचुली १० का अध्यक्ष पं नारायणप्रसाद तिवारीको अध्यक्षता भएको कार्यक्रममा वैदिक धर्म परिषद् नवलपुरका अध्यक्ष पं टीकाराम न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा विशेष अथितिमा पं गिरिधारी पराजुली र पं बालकृष्ण न्यौपाने ,अथितिहरुमा पं नारायणप्रसाद गौतम ,पं कुसल काफ्ले ,पं मोहन काफ्ले रहनु भएको थियो ।

वैदिक धर्म परिषदले प्राचीन कालदेखि रहेको हिन्दू संस्कारलाई जगेर्ना गर्ने र समुदायमा धर्म संस्कृतिको बारेमा सचेत गराउने अभियान संचालन गरिरहेको जिल्ला अध्यक्ष टीकाराम न्यौपानेले बताउनुभयो।विभिन्न कार्यक्रम गरि धार्मिक संस्कारलाई जीवन्त बनाई सन्ततिहरुका लागि पनि सचेतना फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा विभिन्न विद्वान पंडितहरू एवम श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रमको सहजीकरण विष्णुप्रसाद काफ्लेले गर्नुभएको थियो ।

Write your Comment