आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न निर्वाचन आयोगद्वारा सिफारिस

    प्रकाशित २०७९ अषाढ २३, बिहिबार (१ साल अघि)


काठमाडौं। निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्ने गरी सरकार समक्ष मिति सिफारिस गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आउँदो २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो ।

‘आज प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

जवाफमा प्रधानमन्त्री देउवाले २ मंसिरकै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्न बताएको उनले जानकारी दिए ।

आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ भने निर्वाचन गराउन आयोगलाई तयारीका लागि १२० दिन आवश्यक पर्नेछ । यसबारे पनि आयोगको टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

Write your Comment