आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा सरुवा रोगहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण सम्पन्न

    प्रकाशित २०७९ अषाढ २०, सोमबार (२ साल अघि)


देवचुली । देवचुलीमा सरुवा रोगहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जनप्रतिनिधि, टोल विकास संस्था तथा सरोकारवालाहरुका लागि कोरोना, डेंगुलगायत सरुवा रोगहरुको रोकथाम र नियन्त्रणका लागि आईतबार १ दिने अभिमुखीकरण गरिएको हो ।

गर्मीको समयमा विभिन्न सरुवा रोगहरु फैलिन सक्ने भएकाले सो को रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा सचेतना प्रदान गरिएको देवचुली नगरपालिकाका सिनियर अहेव शिव पराजुलीले जानकारी दिनुभयो ।


देवचुली १ देखि ५ सम्मका जनप्रतिनिधि ,टोल विकास संस्थाका पदाधिकारीहरुलाई कोरोना,डेंगु लगायतका सरुवा रोगहरुका लक्षणहरु,ती रोगहरुबाट कसरी बच्ने र रोग लागेमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । श्रेष्ठले प्रत्येक वडामा रहेका टोल विकास संस्थाले सरसफाइ लगायत अन्य स्वास्थ्य सचेतना प्रवाह गरि आफ्नो टोल,वडालाई विभिन्न सरुवा रोगहरुबाट बचाउन सकिने हुँदा सोका लागि सहभागीलाई अनुरोध गर्नुभएको थियो ।


देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली १-५ का वडा अध्यक्षहरु , वडा सदस्यहरू , टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment