आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

एमालेले स्थानीय तह निर्वाचनमा चक्रव्यु ताेड्न सफल भयाे : उप महासचिव गुरुङ

    प्रकाशित २०७९ अषाढ १९, आईतबार (२ साल अघि)


नवलपुर। नेकपा एमालेले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा चक्रव्यु तोड्न सफल भएको बताउनु भएको छ ।

नेता गुरुङले शनिबार कावासोतीमा नेकपा एमाले नवलपुरको चौथो बैठकलाई सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले गत स्थानिय तह निर्वाचनमा नेकपा एमालेलाई पराजित गर्न ५ दलिय गठवन्धन भएको भन्दै पाच दलिय गठबन्धनको चक्रव्यु तोडेको बताउनुभयो । उहाँले वर्तमान सरकारले सत्ताको दुरुपयोग गर्दै गत स्थानीय तह निर्वाचनमा एमालेलाई पराजित गराउन लागि परेको समेत आरोप लगाउनुभयो ।
उहाँले निर्वाचनलाई प्रभावित गर्न निर्वाचन अधिकृत, प्रहरी प्रसासन देखि सबैलाई सत्ताको दुरुपयोग गरि परिचालन गरेकोले भन्दै स्थानीय तहको निर्वाचनमा एमालेले चक्रव्यु तोड्न सफल भएको बताउनुभयो ।
उहाँले संख्यात्मक आधारमा एमालेले प्राप्त गरेको सिट सख्या कम भएपनि प्राप्त मत हेर्ने हो भने देशभर प्राप्त मतको आधारमा सबै भन्दा ठुलो पाटि बनेको बताउनुभयो ।स्थानीय तहको निर्वाचनमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै आगामी हुने प्रदेश र संघको निर्वाचनमा सुर्य ध्वजाबाहक उम्मेद्वारहरुलाई विजय गराउन लाग्न निर्देशन दिनुभयो ।

चौथो बैठकमा बोल्दै एमाले केन्द्रीय सचिव एवम् गण्डकी प्रदेश ईन्चार्ज पद्मा अर्यालले देश ईतिहासमै सबै भन्दा कमजोर अवस्थामा रहेको बताउनुभयो ।देशमा हालको जस्तो अर्थतन्त्र धरासायी कहिल्यै नभएको बताउदै अध्यादेशबाट बनेको वर्तमान सरकार प्रति जनताको कुनै विश्वास नरहेको बताउनुभयो । पुर्वमन्त्री समेत रहनु भएकी महिला नेतृ अर्यालले देश चरम महङ्गी, कालो बजारी, इन्धनको मुल्यवृद्धिले गर्दा देशका सबै सुचाङ्कहरु गिर्दाे अवस्था रहेको बताउनुभयो ।अहिले देशमा महङ्गी, कालोबजारी, पेट्रोलियम पदार्थको मुल्यवृद्धि हुँदा समेत जनता सडकमा नआउँदा आश्चर्य मान्न नपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकार प्रति कुनै पनि अपेक्षा नरहेकाले नागरिक सडकमा नआएको बताउनुभयो ।
उहाँले अहिले पनि देश एमालेको विचारले सधै जिति रहेको बताउनुभयो । एमालेकै विचार हराउन ५ दलिय गठबन्धन बनेको बताउनुभयो ।
बैठकले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई जोड दिने, पाटि सदस्यता नविकरण तथा अद्यावधिक असार मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला सचिव एवम् मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले जानकारी दिनुभयो । साथै बैठकले हालै सम्पन्न स्थानिय तह निर्वाचनको समीक्षा गर्नुको साथै निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना समेत प्रदान गरेको थियो ।

बैठकमा गण्डकी प्रदेश सह इन्चार्ज मायानाथ अधिकारी, एमाले केन्द्रीय सदस्यहरु तिलक महत, कृष्ण पौडेल, रविन्द्र अधिकारी, केन्द्रीय लेखा आयोग सदस्य पद्मा जि सि श्रेष्ठ, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहनप्रसाद रेग्मी , सचिव धन्नजय दवाडि,उप सचिव रेश्मि आचार्य लगायतको उपस्थिति रहेको थियो । बैठक नेकपा (एमाले) नवलपुर जिल्ला कमिटी अध्यक्ष मुक्तिराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Write your Comment