आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

बाघको आक्रमणबाट चितवनमा एक महिला गम्भीर घाइते

    प्रकाशित २०७९ अषाढ १८, शनिबार (१ साल अघि)


चितवन । शनिबार बिहान ८ बजेको समयमा चितवनको खैरहनी नगरपालिका वडा नं १३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा सोही वडाको सिम्रेनी बस्ने ३८ वर्षीया बालिका गुरुङ गम्भीर घाइते भएकी छन् ।

इलाका प्रहरी कार्यालय खैरहनीबाट १० किलोमिटर दक्षिणमा रहेको सो वनमा घाँस काट्न जानेक्रममा अचानक बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Write your Comment