आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बुलिङटारमा काकाद्धारा भतिजमाथी बन्चरो प्रहार

    प्रकाशित २०७९ अषाढ १७, शुक्रबार (२ साल अघि)


नवलपुर । नवलपुरको बुलिङटारमा काकाले आफ्नै भतिजलाई बन्चरो प्रहार गरि गम्भिर घाइते बनाएका छन् । बुलिङटार गाँउपालिका वडा नं. ३ बगैचामा ६४ वर्षका पदम बहादुर कुमालले ३२ वर्षका देवीराम कुमाल माथि बन्चरो प्रहार गरेका हुन् ।

घरमा खाना खाइरहेका देवराम माथी काका पदमले पछाडीबाट टाउकोमा बन्चरो प्रहार गरेको प्रहरीचौकी बुलिङटारले जनाएको छ ।बन्चरो प्रहारबाट गम्भिर घाइते भएका कुमाललाई थप उपचारका लागि पोखरा तर्फ पठाइएको स्थानीय विष्णुबहादुर कुमालले बताउनुभयो ।

भतिजमाथी बन्चरो प्रहार गर्ने पदम बहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Write your Comment