आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा चट्याङले आगोलागी, ४ ट्रक परालमा क्षति

    प्रकाशित २०७९ अषाढ १४, मंगलबार (१ साल अघि)


विश्वाश लामिछाने ,देवचुली । देवचुली १३ मा चट्याङले आगो लाग्दा ४ ट्रक परालमा क्षति पुगेको छ । राती २ बजे परेको चट्याङले देवचुली १३ निवासी दाताराम काफ्लेको टौवामा रहेको करिब ४ ट्रक पराल जलेर सखाप भएको स्थानीय बालकृष्ण पौडेलले जानकारी दिनुभयो । देवचुली १३ मा गाईपालन गर्दै आएका काफ्लेको आगोलागीबाट करिब १ लाख ५० हजारको क्षति पुगेको देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेलले बताउनुभयो ।

बलिरहेको आगोलाई कावासोती नगरपालिकाको दमकल तथा देवचुली नगरपालिकाको जेसिबीको सहायताबाट नियन्त्रणमा लिईएको थियो । सो क्रममा देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल, वडा सदस्यहरु तथा गाउँलेको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।

Write your Comment