आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

कावासोतीमा बदेलको आक्रमणबाट प्रहरी सहित चार जना घाईते

    प्रकाशित २०७९ अषाढ १२, आईतबार (१ साल अघि)


कावासोती । पुर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यलयमा डियुटीमा रहेका प्रहरीलाई चौकी भित्र पसेर बदेलले आक्रमण गरेको छ ।

बदेलको आक्रमणबाट दुई जना प्रहरी र २ स्थानिय घाइते भएका छन ।घाइतेहरुमा एक जना प्रहरी सामान्य घाइते रहेको र एक जना प्रहरीको मध्यबिन्दु जिल्ला अस्पतालमा सामान्य उपचारपछि भरतपुर अस्पातल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

स्थानिय योग प्रसाद रिजाल र सदानन्द जैशी बाटोमा हिडिरहेको बेलामा आक्रमण गर्दा जैशी घाइते भएका छन भने रिजालको अवस्था सामान्य छ । घाइते मध्य २ जनाको नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।

आज बिहान बदेलले पञ्चकन्याचोकमा र जिल्ला प्रहरी कार्यलय भित्रै पसेर आक्रमण गरेको थियो ।

Write your Comment