आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुलीको १० औं नगर सभा : वातावरण विधेयक पारित,लेखा समिति र न्यायिक समिति गठन

    प्रकाशित २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)


देवचुली ।नवलपुरको देवचुली नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपानेले नगरपालिकाको १० औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम तथा नगर उप प्रमुख पार्वता तिवारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/०८० को बजेट सर्वसम्मत पास भएको हो।देवचुली नगरपालिकाको दशौँ नगरसभाबाट शुक्रबार लेखा समिति र न्यायिक समिति गठन गरिएको छ ।

नगरसभामा विद्यायन समितिका संयोजक एकदेव पौडेलले ‘वातावरण विधेयक ऐन २०७९’ विधेयक पढेर पेस गर्नुभएको थियो । सो विधेयक नगर सभाले सर्वसम्मत पारित गरेको हो ।

देवचुली नगरपालिकाका नगर प्रवक्ता तिल प्रसाद काफ्लेले समितिमा गठन गरिएका व्यक्तिहरुको नाम पेश गर्नुभएको थियो ।लेखा समितिको संयोजकमा रेप्ती कुमार घर्ती सदस्यमा ओमप्रकाश तिवारी, धर्माकुमारी न्यौपाने, सुवोचन्द्र सुवेदी, हुमबहादुर शाह चयन भएका छन् ।

यसै गरि न्यायिक समितिको संयोजकमा उपप्रमुख पार्वता तिवारी सदस्यमा बलिराम सापकोटा, हेमराज भण्डारी चयन भई सभाका अध्यक्ष नगरप्रमुख हरिप्रसाद न्यौपानेले सभा मार्फत स्वीकृत गराउनुभएको थियो ।

Write your Comment