आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

मुग्लिन-नारायणगढ सडक खण्डको काली खोलामा पहिरो,सडक एकतर्फी संचालन

    प्रकाशित २०७९ अषाढ १०, शुक्रबार (१ साल अघि)


चितवन । लगातारको वर्षाले पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी भएको छ । बिहान साढे ६ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ६ काली खोला नजिक पहिरो खसेको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि गाडी एकतर्फी रुपमा चलिरहेका छन् । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, पानी परिरहेकाले यो सडक खण्डको अन्य ठाउँमा पनि पहिरोको जोखिम छ ।

पानी पर्ने बित्तिकै पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक काम नपरि पानी परेका बेला यो सडक खण्डमा यात्रा नगर्न प्रहरीको अनुरोध छ ।

Write your Comment