आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

कावासोतीका १२ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रकाशित २०७९ अषाढ ९, बिहिबार (१ साल अघि)


देवचुली । नवलपुरको कावासोतीमा १२ जना विपन्न बालबालिकाहरुलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले किन्डर इन चिल्ड्रेनको आर्थिक सहयोगमा र कावासोती नगरपालिका वार्ड नम्बर १५ को समन्वयमा सो सामग्री प्रदान गरिएको हो ।

कावासोती नगरपालिका १५ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यालय छाडेर फेरि भर्ना भइ अध्ययनरत माझी मुसहर र बोटे समुदायका बालबालिकालाई झोला , कापी , कलम, जुत्ता, ड्रेस, साबुन, मन्जन लगायत अत्यावश्यक शैक्षिक सामग्री प्रदान गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताए ।


उनले माझी मुसहर समुदायमा विद्यालय बिचमा नै छाड्ने र सानै उमेरमा बालविवाह, बालश्रम गर्ने गरेको र अभिभावकमा आफ्ना सन्ततिलाई पढाउनु पर्छ भन्ने चेतना अभावका कारण यस्तो समस्या देखा परेकोे बताए । यस कारणले गर्दापनि विद्यालय छाडेर बसेका बालबालिकालाई पुनः विद्यालयमा फर्काउन सफल भएका ति बालबालिकालाई हौसला र पढाइप्रति उत्प्रेरणा जगाउनका लागि पनि सो शैक्षिक सामग्री प्रदान गरिएको उनले बताए ।

शैक्षिक सामग्री प्राप्त भएपछि बालबालिकाहरुले हर्षित हुनुका साथै आगामी दिनमा पढाइलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएका छन् । कक्षा ६ मा अध्ययन गर्दागर्दै घरको आर्थिक अवस्थाले गर्दा आफ्नो पढाई आज भन्दा चार वर्ष अगाडी छाडेर बसेको अञ्जली माझीले बताईन । अब भने आफुले पढाइको महत्व बुझ्नुका साथै सो शैक्षिक सामग्री प्राप्त गर्दा खुसी र पढाइलाई निरन्तरता दिने बताइन् ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरु , जनप्रतिनिधि , अभिभावकहरु , बाल अधिकारकर्मीहरु लगायतको विशेष उपस्थिति रहेको थियो ।

Write your Comment