आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नारायणी नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान, सर्तकता अपनाउन आग्रह

    प्रकाशित २०७९ अषाढ ५, आईतबार (२ साल अघि)


चितवन। नारायणी नदीमा पानीको बहाव बढ्ने सम्भावना देखिएको छ ।

यसको सहायक नदी मर्स्याङ्दीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमानसँगै नारायणीमा पनि पानीको बहाव बढ्ने सम्भावना देखिएको हो ।

आज बिहानको मापनानुसार मस्याङ्दीमा बहाव उल्लेख्य बढी सतर्कता तह आसपास पुगेको छ । नारायणीका सहायक नदीहरुमा बहाव बढेसँगै नारायणी नदीमा स्वत बहाब बढ्न जान्छ । पर्सी मंगलबार नारायणीका सबै सहायक नदीमा बहाब सामान्य बढ्ने बाढी पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।

कन्काई र यसका केही सहायक नदीमा पनि आकस्मिक बहाव भई जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, सिन्धुली, गोरखा, लमजुङ, कास्की र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान विभागले गरेको छ ।

Write your Comment