आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

मध्यबिन्दुका आमा समूहहरुसँग देवचुली मार्टले गर्‍यो अन्तरक्रिया

    प्रकाशित २०७९ अषाढ ४, शनिबार (१ साल अघि)


नवलपुर । मध्यविन्दु नगरपालिकाको चोरमारामा भर्खरै संचालनमा आएको देवचुली मार्टले नगरपालिका भित्रका आमा समूहहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार मध्यबिन्दु नगरपालिका भित्रका सक्रिय आमा समूहहरुको उपस्थितीमा मध्यविन्दु नगरपालिकामा रहेका स्थानीय उत्पादन अर्गानिक तरकारी, फलफूल, कुखुरा, हाँसका अण्डा लगायतका वस्तुहरुलाई मार्टले खरिद गरि बजारीकरण गर्ने विषयमा छलफल भएको हो । मार्टले उपभोक्ताको आवश्यकतालाई कसरी पूरा गर्ने विषयलाई लिएर छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।


कार्यक्रममा देवचुुली मार्टका अध्यक्ष कृष्ण गौतमको अध्यक्षता रहेको थियो । गौतमले कार्यक्रममा बोल्दै देवचुली मार्टले विभिन्न ठाउँमा शाखा विस्तार गरि नवलपुर भित्र उत्पादन भएका वस्तुलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका थिए । कार्यक्रममा उपस्थित आमा समूहहरुले देवचुली मार्ट चोरमारामा स्थापना भएसँगै यहाँका उपभोक्ताहरुलाई आँफूलाई चाहिएको सामान लिन धेरै ठाउँमा जानुपर्ने बाध्यता हटेको बताएका थिए । उनीहरुले आगामी दिनमा यहाँका कृषकहरुसँग समन्वय गरि अघि बढ्न सुझाव दिएका थिए ।

कार्यक्रममा देवचुली मार्टका संचालक सुरेन्द्र अधिकारी, मध्यविन्दु नगरपालिका भित्रका सक्रिय आमा समूहका अध्यक्ष एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण देवचुली मार्टका कार्यकारी प्रमुख सुनिल न्यौपानेले गरेका थिए। देवचुली मार्टले नवलपुरको दलदले र चोरमारामा आफ्नो शाखा बिस्तार गरेको छ ।

Write your Comment