आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

पर्यटकीय गन्तव्य घाेषणाका लागि नगर सकारात्मक छ : मेयर न्याैपाने

    प्रकाशित २०७९ अषाढ ४, शनिबार (१ साल अघि)


डि आर क्षेत्री , देवचुली । देवचुली नगरमा शिसवार पर्यटकीय गन्तव्य घाेषणाका लागि आज एक कार्यक्रम आयोजना गरिएको छ । सिसवार मध्यवर्ती उपभोक्ता समितिकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्याैपाने प्रमुख अतिथि रहनुभएकाे थियाे ।


नगर प्रमुख न्यौपानेले कार्यक्रममा बोल्दै सिसवार पर्यटकीय क्षेत्र घाेषणा कार्यक्रमका लागि बजेट व्यवस्थापन आफ्नाे प्रमुख एजेन्डा रहेकाे बताउनु भएको थियाे । निकुञ्ज तटमा बसाेवास गर्ने नागरिककाे सुरक्षाका लागि कंक्रिट सहितको मेष जाली र साेहि स्थानबाट पर्यटकीय मार्ग निर्माणका लागि नगरसभामा पेश गर्ने वचन समेत व्यक्त गर्नुभएको थियाे ।

हाल नगरपालिका भित्र दुई वटा हाेमस्टेहरु सञ्चालन तथा निर्माणाधिन अवस्थामा रहेका छन् । देवचुलिकाे तिर देखि नारायणीकाे तिरसम्म रहेका हरेक जात जातिकाे अपनत्व रहने गरि कला संस्कृतिकाे संरक्षणमा वडा र नगरले आवश्यक वजेट व्यवस्थापन गरि कार्यक्रम सञ्चालन गर्नुपर्ने वक्ताहरुले बताएका थिए । मध्यवर्ती क्षेत्रकाे विकास निर्माण र दिगाे विकासमा निकुञ्ज प्रशासनले हातेमालाे गरि सहकार्य गर्नुपर्ने वक्ताहरुले बताएका थिए । नगर भित्र मध्यवर्ती क्षेत्रमा पर्ने वडाका वडाअध्यक्षहरु , समितिका पुर्व अध्यक्षहरु , लेखा समितिका पदाधिकारीहरु , सल्लाहकारहरु , हाेमस्टे व्यवसायी , निकुञ्ज कर्मचारी तथा नेपाली सेनाकाे सहभागिता रहेकाे थियाे । पर्याप्त बजेट अभावका बिच वडाभित्र गर्न सकिने पर्यटकिय गतिविधि तथा समग्र नगरले गर्न सक्ने कार्यक्रमका बिचमा छलफल गरिएको थियाे ।

प्रस्तावित सिसवार पर्यटकीय गन्तव्य नगरकाे सात वटा वडाहरु पर्दछन् भने सात वटा सामुदायिक वनहरु रहेका छन् । साे अन्तरगत रहेकाे क्षेत्रमा एक सिंगे गैडा , पाटेबाघ , भालु , घडियाल गाेहि , हरिण , मृग लगायतका वन्यजन्तुको राम्राे बाससस्थान रहेकाे छ ।

समितिका सचिव मनहरि पाैडेलकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे अध्यक्षता सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डे रहनुभएकाे थियाे भने सञ्चालन कार्यालय सचिव सत्यराज अधिकारीले गर्नुभएको थियाे । कार्यक्रमकाे सुरु हुनु भन्दा पुर्व स्थलगत निरीक्षण तथा अनुगमन समेत गरिएकाे थियाे ।

Write your Comment