आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा फुड प्वाइजनका कारण ३१ जना विद्यार्थी विरामी

    प्रकाशित २०७९ अषाढ ३, शुक्रबार (१ साल अघि)


नवलपुर । पूर्वी नवलपरासीमा फुड प्वाइजनका कारण ३१ जना विद्यार्थी विरामी भएका छन् ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीमा रहेको रिचर्ज इङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्ययनरत ३१ जना विद्यार्थी विरामी परेका हुन् ।उनीहरुको अहिले मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जनाएको छ ।

विहीबार विद्यालय भित्रै रहेको खाजा घर क्यान्टिनमा चाउमिन खाजा खाएका करिब २ सय जना विद्यार्थी मध्ये १९ जना छात्र र १२ जना छात्रा गरी ३१ जना विद्यार्थी विरामी परेका हुन् ।
खाजा खाए लगतै वान्ता गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल ल्याइएको हो । अहिले विद्यार्थीहरुको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

Write your Comment