आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली १० का निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान

    प्रकाशित २०७९ अषाढ १, बुधबार (२ साल अघि)


राजु चापागाई, देवचुली । देवचुली नगरपालिका वडा न १० का निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । देवचुली नगरपालिका वडा न १० ले निवर्तमान वडा कार्य समितिलाई सम्मान पत्रसँगै मायाको चिनोसहित सम्मान गरेको हो ।


देवचुली नगरपालिका वडा न १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरको अध्यक्षता भएको कार्यक्रममा देवचुली १० का निवर्तमान अध्यक्ष केशर आले , पुर्व जिल्ला समन्वय समिति सदस्य खिमा सारु,निवर्तमान वडा सदस्य श्यामकृष्ण आचार्य , निवर्तमान वडा सदस्य डिल्लीराम तिवारी , राजनैतिक दलका प्रतिनिधिहरु, संघसंस्थाहरुका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

सम्मान कार्यक्रममा निवर्तमान वडा समितिका अध्यक्ष केशर आले , सदस्य खिमा सारु,सदस्य श्यामकृष्ण आचार्य र सदस्य डिल्लीराम तिवारीले आफ्नो कार्यकालमा भएका कामहरुको नयाँ कार्यसमितिलाई अनुभव बताएका थिए ।

कार्यक्रममा राजनैतिक दलको तर्फबाट दिपक भट्टराई ( बन्दिपुरे) ,डिलाराम भुसाल, संघ संस्थाको तर्फबाट मोतीलाल अधिकारी र आमा समुहको तर्फबाट मिना सापकोटाले निवर्तमान जनप्रतिनिधिहरुले सफल कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्दै नयाँ जनप्रतिनिधिहरुलाई वडा विकासका लागि सदैव हातेमालो गर्न तयार रहेको बताए ।

देवचुली नगरपालिका वडा नं. १० लाई सबैको सरसल्लाह अनुसार विकास निर्माण लगायतका वडा विकासका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्ने वडाध्यक्ष रेप्तीकुमार घर्ती मगरले बताए । निवर्तमान समितिले अघि सारेको योजनालाई निरन्तरता दिने घर्ती मगरले बताए ।


कार्यक्रममा देवचुली वडा न १० का वर्तमान तथा निवर्तमान जनप्रतिनिधिहरु , राजनैतिक दलका प्रतिनिधिहरु,संघसंस्थाका प्रतिनिधिहरु,आमा समुहका प्रतिनिधिहरु लगायत स्थानीयको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव चित्र बहादुर खत्रीले गरेका थिए ।

Write your Comment