आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा सराेकारवालाबिच बजेट पूर्वकाे छलफल

    प्रकाशित २०७९ जेष्ठ ३०, सोमबार (२ साल अघि)


देवचुली । नवलपुरकाे देवचुली नगरपालिकामा बजेट पूर्वकाे छलफल गरिएको छ । नगर भित्रका सराेकारवालाहरु काे सहभागीतामा आगामी आर्थिक वर्षकाे याेजना,नीति तथा कार्यक्रम र बजेटमा समेट्नु पर्ने विषयका बारेमा सराेकारवालाहरु काे उपस्थितिमा छलफल गरिएको हाे ।
छलफलमा सहभागीहरुले आगामी नीति तथा कार्यक्रम र बजेटमा राेजगार शिर्जना , कृषि उपजकाे बजारीकरण ,भूमि व्यवस्थापन, पर्यटकिय क्षेत्रकाे विकास र प्रवर्द्धन गर्ने खालकाे याेजना ल्याउन सुझाव दिएका थिए ।

यसैगरी फाेहर व्यवस्थापन , सीप मुलक शिक्षा ,अपांग मैत्री नगर, सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रवाहा गर्ने गरि याेजनामा समेट सुझाव दिएका थिए ।


पालिकाहरुले असार १० भित्र आफ्नो नीति तथा कार्यक्रम नगरसभा समक्ष पेश गर्नुपर्ने प्रावधान रहेकाे छ । साेहि अनुसार पालिकाले छलफल सुरु गरेकाे हाे ।
छलफलका क्रममा सहभागीले घाेषणापत्रमा समेटिएका विषयलाई पूरा गर्ने गरि याेजना निर्माण गर्न सुझाव दिएका थिए । कृषिमा प्राेत्साहन,विपद् व्यवस्थापन , सेवा प्रवाहलाई नागरिक मैत्री ,प्रविधि मैत्री, शुसासन कायम गर्ने गरि नगर अघि बढ्नुपर्ने सुझाव समेत सहभागीले दिएका थिए ।

देवचुली बालमैत्री नगर भएकाे स्मरण गर्दै बालमैत्रीका सुचकहरुमा निरन्तर काम गर्ने गरि याेजना निर्माण गर्न समेत सुझाव रहेको थियाे ।नगरभित्रका सबै नागरिककाे स्वच्छ खानेपानीमा पहुँच , पूर्ण सरसफाइ , विपन्न लक्ष्यित याेजनाहरु निर्माणमा ध्यान दिन समेत सहभागीकाे सुझाव रहेको थियाे ।देवचुली नगरपालिका भित्रका केही वडा वन्यजन्तुबाट प्रभावित बनेकाले यसकाे नियन्त्रण गर्ने खालका याेजना बनाउन सुझाव रहेकाे थियाे ।
नगरका वडाहरुलाई घटाएर सेवा प्रवाहलाई थप सुधार गर्दै लैजान समेत सहभागीले सुझाव दिएका थिए ।


सहभागीका सुझाव पश्चात् बाेल्दै देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्याैपानेले सबैका सुझावलाई मनन् गर्दै अघि बढ्ने बताउनुभयो । शिक्षा ,स्वास्थ्यकाे गुणस्तर सुधार , भूमिहिनका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । ओैधाेगिक व्यवस्थापन ,कृषिलाई व्यवसायीकरण , नदि नियन्त्रण ,वन्यजन्तुकाे क्षति न्यूनीकरण,बालमैत्री नगरका विषय लगायतका काममा याेजना बनाएर लाग्ने नगर प्रमुख न्याैपानेले बताउनुभयो ।
नगरबाट प्रदान गरिने सेवालाई सुशासन मैत्री,प्रविधि मैत्री बनाउन समेत आफुले पहल गर्ने उहाँले बताउनुभयाे ।
सिमित साधन स्राेतका कारण चाहेर पनि सबै काम एकै पटक गर्न नसकिएपनि याेजनाबद्द रुपमा पूरा गर्न लाग्ने उहाँले बताउनुभयो ।
उहाँले आफ्नो कार्यकाल नतिजामुखी बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियाे ।

Write your Comment