आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

कावासोतीमा ट्याक्टरले च्यापेर चालकको मृत्यु

    प्रकाशित २०७९ जेष्ठ ३०, सोमबार (१ साल अघि)


नवलपुर । पूर्वी नवलपरासीमा सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ ।नवलपुर प्रहरीका अनुसार कावासोती १७ निवासी ५५ बर्षीया शान्तिनाथ महतोको निधन भएको हो ।

कावासोती १७ गोछडाटार निवासी खुसीराम थनेतको खेतबाट मकैको ढोड लोड गरी फर्कने क्रममा ना ७ त ३७७५ ट्याक्टर फस्न गई अचानक ढाला पल्टिएर चालकको निधन भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते चालकको उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Write your Comment