आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुलीका विद्यार्थीहरुद्वारा गरे बालश्रम विरुद्ध सचेतनामूलक र्‍याली

    प्रकाशित २०७९ जेष्ठ २९, आईतबार (१ साल अघि)


राजु चापागाई,देवचुली । देवचुली नगरपालिका वडा न १० मा रहेको पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीहरुले बालश्रम विरुद्ध सचेतनामूलक र्‍याली गरेका छन। विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा पृथ्वी माध्यमिक विद्यालयमा रहेको पृथ्वी बाल क्लबको आयोजनामा र्‍याली सहित कार्यक्रम गरि दिवस मनाईएको हो ।


हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ।बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो। बालश्रम विरुद्धआईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धि महासन्धि १३८कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो।


पृथ्वी बाल क्लबका अध्यक्ष प्रितम कार्कीको अध्यक्षता भएको कार्याक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर घर्तीको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक जयनारायण सापकोटाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागी सबैले बालश्रम अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।


“बालश्रम अन्त्य गरौं ,बालबालिकाको ईच्छा बालश्रम होईन शिक्षा,बालश्रम विरुद्धको साझेदारी हामी सबैको जिम्मेवारी ” लगायत नारा लेखिएको प्लेकार्ड सहित विद्यार्थीहरुले विद्यालयबाट पृथ्वीनगर चोकको दुवै तर्फ र्‍याली सहित समुदायलाई सचेतना प्रवाह गरेका थिए । र्‍यालीमा कक्षा ७ र ८ का विद्यार्थीहरु सहभागिता रहेको शिक्षक बिनिता सिग्देलले जानकारी दिनुभयो ।

Write your Comment