आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

नुवाकोटको विद्युत तारमा झुन्डिए एक पुरूष, तल झर्न फकाउँदै प्रहरी

    प्रकाशित २०७९ जेष्ठ २८, शनिबार (१ साल अघि)


नुवाकोट । नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्।

शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्।

ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी विद्युतीय तारमा पनि हिँडिरहेका छन्।

उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक छन्। – सेतोपाटी

Write your Comment