आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024 Search
FLASH NEWS

भीमसेनमा विद्यार्थीहरुको नेतृत्वमा विभिन्न समितिको गठन सम्पन्न

    प्रकाशित २०७९ जेष्ठ २७, शुक्रबार (१ साल अघि)


देवचुली । देवचुली ७ मा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा चारवटा क्लब तथा समितिको गठन सम्पन्न भएको छ । शुक्रबार बाल क्लब, ईको क्लब , विद्यार्थी परामर्श तथा अनुगमन समिती र रेडक्रस तथा स्काउट इकाई समितिको गठन गरिएको हो ।


विद्यार्थीहरुलाई विभिन्न क्लब तथा समितिमा नेतृत्वमा रहेर विद्यालयका हरेक गतिविधिहरु र शैक्षिक क्रियाकलापको स्तरोन्नतिका लागि हरेक शैक्षिक सत्रको सुरुमा समितिहरु गठन गरिने विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताउनुभयो । नेतृत्वमा रहने प्रत्येक कक्षाका प्रतिनिधिले आ आफ्नो कक्षाका समस्याहरु सहजीकरण गर्न , अतिरिक्त क्रियाकलाप संचालन गर्नका लागि र विद्यार्थीद्वारा नै अनुशासनका नियम निर्माण गरि कार्यान्वयन गर्न सहज हुने भएकाले विद्यालयले प्राथमिकताका साथ क्लब तथा समितिको गठन गरेको भुसालले बताउनुभयो ।


भीमसेन बाल क्लब कमल शर्माको नेतृत्वमा ११ सदस्यीय समिती गठन गरिएको छ । त्यसै गरि रमेश पाण्डेको अध्यक्षतामा १३ सदस्यीय रेडक्रस तथा स्काउट समिती , आकृती ढकालको अध्यक्षतामा ११ सदस्यीय विद्यार्थी परामर्श तथा अनुगमन समिती र सन्देश भुसालको अध्यक्षता ११ सदस्यीय ईको क्लब गठन गरिएको शिक्षक टीकाराम रानाले जानकारी दिनुभयो । रानाका अनुसार प्रत्येक कक्षाका प्रतिनिधिहरु मार्फत विद्यार्थीहरुको समिति सर्वसम्मत चयन गरिएको हो ।

Write your Comment