आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024 Search
FLASH NEWS

देवचुली मार्टले सामान खरिदमा २५ % सम्म छुट दिने

    प्रकाशित २०७९ जेष्ठ २६, बिहिबार (१ साल अघि)


देवचुली । देवचुली मार्ट देवचुली १३ र ग्रीन डेभलपमेन्ट बैंकको बिचमा डिस्काउन्ट टाई अप सम्झौता भएको छ। अब आउने दिनमा मार्टबाट कुनै सामान खरिद गर्दा ग्राहकहरुले २५ % सम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताको लागी मार्टबाट अध्यक्ष कृष्ण गौतम र प्रबन्ध निर्देशक सुनिल न्यौपाने र बैंकको तर्फबाट सीइओ उमेश आचार्य र सुशिल पौडेलले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार २५ % छुट संगै विद्युतिय सामग्रीको खरिदमा बैंकले फाइनान्सको समेत सुबिधा उपलब्ध गराउने भएको मार्टक प्रबन्ध निर्देशक न्यौपानेले  बताएका छन्।

न्यौपानेले देवचुली १३ दलदलेको अपार सफलता पश्चात मार्टले मध्यबिन्दु ७ चोरमारामा आफ्नो दोस्रो शाखा बिस्तार गरिसकेको छ भने निकट भविष्यमा कावासोती र रजहरमा पनि शाखा बिस्तार गर्ने योजनामा रहेको बताएका छन्। छुट पाउनका लागि ग्राहकहरुको ग्रीन डेभलपमेन्ट बैंकमा खाता भएको हुनुपर्नेछ।

Write your Comment