आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

गण्डकीमा माओवादी द्वन्द्वका घाइते र सहिद परिवारलाई नि:शुल्क बिमा

    प्रकाशित २०७९ जेष्ठ २५, बुधबार (१ साल अघि)


पोखरा । गण्डकी प्रदेश सरकारले विभिन्न आन्दोलन द्वन्द्वका घाइते, अपांगता भएका र सहित परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ ।

माओवादी द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा घाइते, बेपत्ता तथा सहिद भएकाको परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा सुरु गरेको हो । योसँगै मिर्गौला रोगबाट पीडित र द्वन्द्व पीडितका परिवारका लागि पनि यो कार्यक्रम लागु गरिएको छ । चालू आर्थिक वर्षमै खर्च हुने गरी नौ करोड विनियोजन गरिएको सरकारले जनाएको छ । प्रदेशका ११ वटै जिल्लामा निस्शुल्क बिमा कार्यक्रम सुरु गरेको मन्त्री मधुमाया अधिकारीले जानकारी दिइन् ।

यसअघि मन्त्रालयले स्वास्थ्य नीति बनाएर जनयुद्ध तथा सबै खालको राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निस्शुल्क उपचारको व्यवस्था गरिसकेको छ । ‘यसअघिका आन्दोलनमा भएका क्षेतिमा सकेसम्म मलम लगाउने प्रयास गरेका छौं,’ मन्त्री अधिकारीले भनिन्, ‘आगामी बजेटमा पनि छुट्टै व्यवस्थापन गर्दैछौं ।’ उनका अनुसार अब सीमान्तकृत र विकट भूगोलका नागरिकलाई स्वास्थ्यमा जोड्ने कार्यक्रम तय गरिएको छ ।

Write your Comment