आज:  २०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024 Search
FLASH NEWS

घाँस काट्ने क्रममा लडेर पत्रकारको मृत्यु

    प्रकाशित २०७९ जेष्ठ २४, मंगलबार (१ साल अघि)


हुमाकान्त पाेखरेल,गुल्मी । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारकाे मृत्यु भएको छ । धुर्काेट गाउँपालिका -४ जैसिथाेक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पाेख्रेलकाे मंगलबार मृत्यु भएको हाे ।

पाेखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपकाे रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए । पाेख्रेल रेडियो नवलपरासीस्थित रेडियो दाैतरीका स्टेसन म्यानेजर एवम् प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् । उनी भेटघाटकाे लागि पाँच दिनअघि घर आएका थिए । पाेखरेलले विगत लामाे समयदेखि नवलपरासीमा पत्रकारिता गर्दै आइरहेका थिए । भेटघाटकाे लागि पाँच दिनअघि पाेखरेल घर आएका थिए ।

Write your Comment