आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नगरप्रमुख न्यौपानेद्वारा देउसत नहरको स्थलगत अवलोकन

    प्रकाशित २०७९ जेष्ठ २४, मंगलबार (२ साल अघि)


राजु चापागाई,देवचुली। पुर्वी नवलपरासीको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेद्वारा देउसत नहरको स्थलगत अवलोकन गर्नुभएको छ । गत साउनमा बाढीले क्षती गरेको देवचुलीका छ वटा वडाका लागि सिंचाइ हुने नहरको अवस्था बुझ्न प्राविधिकसहित पुग्नुभएका नगरप्रमुख न्यौपानेले कृषकहरूलाई सहज सिंचाइका लागि आवश्यक कामका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।


सोमबार देउसत नहरको स्थलगत अवलोकन गर्दै नगरप्रमुख न्यौपानेले खोलामा रहेको बाँधलाई व्यवस्थित गर्नका लागि तत्काल नगरपालिकाबाट आवश्यक स्टुमेण्ट तयार गरि काम गर्न , स्काभेटरको प्रयोग गरि बाँधबाट पानी संचालनमा सहज हुने र बाढीको समयमा बाँधलाई नोक्सान नहुने गरि काम गर्न निर्देशन दिनुभएको छ। देवचुली नगरपालिकाका वडा १०,११,१२,१३,१४ र १५ सम्म सिंचाइ हुने देउसत नहरका लागि सम्भावित जोखिमहरुको समाधान गर्न नगरपालिकालाई सहयोग गर्नका लागि देउसत नहर जल उपभोक्ता समितिबाट अनुरोध गरेका थिए ।


नगरप्रमुख हरिप्रसाद न्यौपानेसँगै अवलोकनमा देवचुली नगरपालिकाका ईन्जिनियर टीकाराम बस्याल , प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष खिमानन्द भुसाल, प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाका सचिव इन्द्रमणी भुसाल,देउसत नहर जल उपभोक्ता समितिका अध्यक्ष टीकाराम पाण्डे ,देउसत नहर जल उपभोक्ता समितिका पुर्व अध्यक्ष थानप्रसाद पंगेनीलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Write your Comment