आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

वाइवाइको प्लान्ट भारतको आसाममा स्थापना हुँदै

    प्रकाशित २०७९ जेष्ठ २३, सोमबार (१ साल अघि)


काठमाडौं । वाइवाइको तेस्रो प्लान्ट भारतको आसाममा खुल्ने भएको छ ।चौधरी समूहले भारतको आसाम राज्यमा तेस्रो प्लान्ट सुरु गर्ने भएको छ । यसभन्दा अघि पनि भारतमा ६ वटा प्लान्ट सञ्चालनमा रहेको छ ।

भारतमा वाइवाइको माग वृद्धि हुँदै गएकाले माग पूर्ति गर्न नयाँ प्लान्टको स्थापना हुन लागेको चौधरी समूहले बताएको छ ।

वाइवाइले भारतीय बजारमा तयारी चाउचाउको २८ प्रतिशतको हिस्सा ओगट्ने गरेको छ । वार्षिक व्यापार २ अर्ब २० करोड डलरको हुने गरेको छ ।

चौधरी समूहले ३० मुलुकहरूमा अहिले ७६ ब्रान्डहरू उत्पादन गरिरहेको छ ।विश्वभर नै उपभोग हुने चाउचाउ मध्ये वाइवाइको हिस्सा ३ प्रतिशत नाघेको चौधरी समूहले जनाएको छ ।

Write your Comment