आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

लायन्स क्लब अफ देवचुली दिव्यको अध्यक्षमा काफ्ले चयन

    प्रकाशित २०७९ जेष्ठ १८, बुधबार (२ साल अघि)


मदन अर्याल,देवचुली।लायन्स क्लब अफ देवचुली दिव्यकाे नयाँ पदाधिकारी टिम चयन भएको छ। मंगलबार बसेकाे प्रथम अधिवेसनकाे बैठकबाट आगामी बर्ष २२/२३ को लागि चाेकनायण काफ्लेको अध्यक्षतामा नया समिती सर्वसहमत रुपमा चयन गरिएको हो।नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा सुवास चन्द्र ओझा , द्वितीय उपाध्यक्षमा पारस नाथ खनाल ,तृतिय उपाध्यक्ष राकेश पन्त, सचिबमा सरस्वती दाहाल भुसाल, कोषाध्यक्षमा नवराज सापकाेटा रहेका छन।

कार्यक्रमकाे प्रमुख आतिथ्यता लायन्स क्लवका एओजी डिष्ट्रक ३२५ बी २ हाेमनाथ जैशीले गर्नुभएकाे थियाे भने लायन्स क्लव अफ देवचुली दिव्य २१ का अध्यक्ष निरज सापकाेटाले कार्यक्रमकाे अध्यक्षता गर्नु भएकाे थियाे ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ देवचुली दिव्य निवर्तमान अध्यक्ष सापकाेटाले नया समितिलाई पुर्ण सफलताको कामना सहित बर्ष २०२१ को कार्यकाल सफल पार्न सहयोग गर्नुहुने सबैलाइ धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । त्यस्तै कार्यक्रममा क्लबमा नया जोडिन लागेका प्रस्तावित सदस्यहरुलाइ स्वागत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै बर्ष २२/२३ को लागि नवनियुक्त अध्यक्ष काफ्लेले लायन्स क्लबले आफुलाइ नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा कार्यसमितिलाई धन्यवाद दिदै आगामी बर्ष सशक्त र प्रभावकारी ढंगबाट क्लबलाइ अगाडि बढाएर रास्ट्रीय तथा अन्तर्राष्ट्रिय रुपमा क्लबलाइ पहिचान गराउने प्रतिवद्दता समेत व्यक्त गर्नु भएकाे थियाे ।
कार्यक्रमकाे विशेष अतिथिमा लायन्स क्लबका जोन चियरपर्सन मनिप्रसाद गुरुङ्ग, लायन विष्णु कंडेल, लायन भानुभक्त पाैडेल, लायन चाेक बहादुर पाईजा, विश्वनाथ काफ्ले, गणेश थापा मगर, दिपक पाेख्रेल रहनु भएकाे थियाे । देवचुली १३ मा रहेको हाेटल हातेमालाेकाे सभाहलमा भएको कार्यक्रममा लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरु,लियो क्लबका सदस्यहरु लगयात अन्य प्रस्तावित सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

Write your Comment