आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको अध्यक्षमा खेम सारु मगर चयन

    प्रकाशित २०७९ जेष्ठ १७, मंगलबार (१ साल अघि)


देवचुली ।लायन्स क्लब अफ कावासोती सप्तरङ्गीमा खेम सारु मगरको नेतृत्वमा नयाँ पदाधिकारी चयन भएको छ। सोमबार बेलुका सम्पन्न नियमित बैठकबाट आगामी बर्ष २२/२३ को लागि खेम सारु मगरको अध्यक्षतामा नयाँ समिती सर्वसहमत रुपमा चयन गरिएको हो।
नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा लक्ष्मण रिजाल,उपाध्यक्षमा बेट्टु रानाभाट ,सचिवमा शिव खड्का ,सहसचिव दिपक लुइँटेल ,कोषाध्यक्षमा विनोद भट्टराई रहेका छन।कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती तथा लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका संस्थापक अध्यक्ष किरण भुर्तेलले नयाँ समितिलाई पुर्ण सफलताको कामना सहित बर्ष २०२१ को कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए।कार्यक्रममा क्लबमा नयाँ जोडिन लागेका प्रस्तावित सदस्यहरुलाइ स्वागत गरिएको थियो भने वैदेशिक रोजगारीको लागि विदेश जान लागेको क्लबको सह- कोषाध्यक्ष खगिसरा न्यौपाने बस्याललाइ मायाको चिनोसहित बिदाइ समेत गरिएको थियो।

लियो क्लब अफ कावासोती सप्तरङ्गीको टिमले समेत नयाँ कार्यसमितिलाई सम्मान गरेको थियो।कार्यक्रममा बोल्दै बर्ष २२/२३ को लागि नवनियुक्त अध्यक्ष सारु मगरले लायन्स क्लबले आफुलाइ नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा कार्यसमितिलाई धन्यवाद दिदै आगामी वर्ष अझ बढी सशक्त तरिकाबाट क्लबलाइ अगाडि बढाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा क्लबलाइ पहिचान गराउने प्रतिबद्दता समेत व्यक्त गरे।कावासोती ८ मा रहेको थकाली किचनको सभाहलमा भएको कार्यक्रममा लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरु,लियो क्लबका सदस्यहरु लगायत अन्य प्रस्तावित सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

Write your Comment