आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

देवचुलीमा विद्यालय स्वास्थ्य तथा पोषण र किशोरीहरुलाई आइरन चक्की वितरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

    प्रकाशित २०७९ जेष्ठ १७, मंगलबार (१ साल अघि)

राजु चापागाई,देवचुली । देवचुलीमा विद्यालय स्वास्थ्य तथा पोषण र किशोरीहरुलाई आइरन चक्की वितरण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुआहाराको प्राविधिक सहयोगमा देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार दलदलेमा कार्यक्रम सम्पन्न भएको हो ।


देवचुली नगरपालिकाका विद्यालयहरुमा स्वास्थ्य तथा पोषणको अवस्थाको बारेमा छलफल र किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणको बारेमा विद्यालय तथा स्वास्थ्य संस्थाका फोकल पर्सनबीच अन्तरक्रिया गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव शिव पराजुलीले जानकारी दिनुभयो । किशोरीहरुका लागि २ चरणमा श्रावण – असोज र माघ- चैत गरी १३/१३ हप्तामा प्रत्येक हप्ता १ चक्कीका दरले खुवाउने गरिएकोमा कोभिडका कारण देवचुली नगरपालिकामा बैशाख- असार र कार्तिक- पुस गरि दुई चरणमा करिब सात हजार किशोरीका लागि आइरन फोलिक एसिड खुवाइने पराजुलीले बताउनुभयो ।


देवचुली नगरपालिकामा भएका संस्थागत तथा सरकारी विद्यालयबाट सहभागी फोकल शिक्षक र स्वास्थ्य संस्थाका प्रतिनिधिलाई देवचुली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव शिव पराजुली र सुआहाराका कार्यक्रम अधिकृत सीता शर्माले सहजीकरण गर्नुभएको थियो । सो कार्यक्रममा देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Write your Comment