आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

कार्यपालिका सदस्यहरुको निर्वाचन: देवचुलीमा एमालेको प्यानल नै विजयी

    प्रकाशित २०७९ जेष्ठ १६, सोमबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिकामा सोमबार भएको कार्यपालिका सदस्यहरुको निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

नेकपा एमाले र नेपाली काँग्रेसको प्यानल नै उम्मेदवारी रहेकोमा सोमबार चुनावी प्रकृयाको माध्यमबाट कार्यपालिका सदस्य चयन गरिएको हो ।

कार्यपालिकामा खुल्ला महिला सदस्यतर्फ नेकपा एमालेबाट गोमादेवी पौडेल, जानकीदेवी गुरौँ(लामिछाने), पार्वती कंडेल,फुलमाया बि.क. र मधुमाया गुरुङ निर्वाचित भएका छन् भने दलित तथा अल्पसंख्यक सदस्यतर्फ नेकपा एमालेबाट नै गितादेवी बोटे,जयबहादुर बि.क. र विद्याबहादुर बि.क निर्वाचित भएको निर्वाचन अधिकृत कमलराज पन्थीले बताए ।एमालेका अन्य सबै कार्यपालिका सदस्यहरुले ६४/६४ मत प्राप्त गरेका थिए भने पार्वती कंडेलले ६५ मत प्राप्त गरेकी थिईन।

बैशाख २९ गते भएको देवचुली नगरपालिकाको निर्वाचनमा प्रमुख, उप प्रमुख लगायत ११ वटा वडा अध्यक्षसहित ६४ जना नेकपा एमालेबाट , ६ वडा अध्यक्ष सहित २२ जना नेपाली काँग्रेस र १ जना नेकपा माओवादीबाट जनप्रतिनिधि निर्वाचित भएका थिए ।

Write your Comment