आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा बुवावाट छाेरालाई कार्यभार हस्तान्तरण

    प्रकाशित २०७९ जेष्ठ १६, सोमबार (२ साल अघि)


डि आर क्षेत्री , देवचुली । देवचुलि नगरपालिकाको वडा नम्बर १ का नवनिर्वाचित वडासदस्य अजय थनेतलाई उनकै बुवाले कार्यभार हस्तान्तरण गरेका छन्। यस्ताे संयोग विरलै हुने गर्दछ ।

स्थानीय तह चुनावबाट आफ्नै छोरा निर्वाचित भएर वडासदस्य भएपछि बुवाले छोरा अजयलाई गत साता शुक्रबार कार्यभार हस्तान्तरण गरेका हुन् ।

नवनिर्वाचित वडा सदस्य अजयका बुवा देवचुली नगरपालिका वडा नं -१ का पूर्व वडा सदस्य हुन्। नव निर्वाचित वडा सदस्यका बुवा २०७४ सालकाे निर्वाचनमा यसै वडाबाट निर्वाचित भएका थिए । सानै उमेरमा राजनितिक संस्कार घरबाटै सिकेका अजय थनेत हाल २६ वर्षका भए । अध्ययनसंगै विदेश हाेमिएका अजय , केही समय दुबहीकाे बसाइँपछि नेपालमा नै फर्किएर आफ्नाे व्यवसायसंगै सामाजिक सेवामा लागिरहेका थिए ।

देवचुलीका नवनिर्वाचित जनप्रतिनिधिले गत बिहिवार  सपथ लिएका थिए। तर सदस्य अजयले शुक्रबारमात्र पदभार ग्रहण गरे। सौभाग्यबस आफ्नै बुवाले हस्तान्तरण गरेको कार्यभार सम्हाल्न पाए। पदभार ग्रहणसंगै राजनीतिक उत्तराधिकारी बन्ने भाग्यमानी भएका छन्। निर्वाचित जन प्रतिनिधिहरु मध्ये अजय सबै भन्दा सानाे उमेरका छन् । आफ्नाे निकटतम प्रतिद्वन्द्वी गठबन्धनकाे तर्फबाट रहेका उमेद्वार र उनकाे मतान्तर ३९० भाेट रहेको छ ।

कार्यभार सम्हालेलगत्तै भएको पहिलाे वैठकले शिक्षाको उज्यालो ज्याेतिबाट काेहि पनि बालबालिका वञ्चित हुन नपराेस् भन्ने उदेश्यका साथ गरिब , अल्पसंख्यक , भुमिहिन , सुकुम्बासी आदिका बालबालिकाहरु वडाकाे सिफारिसमा नि:शुल्क अध्ययन गर्न पाउने निर्णय गरेका छन् । वडाका सबैसंग सहकार्य गरि विकाश निर्माणमा आफू अगाडि बढ्ने वडा सदस्य अजय बताउँछन् ।

Write your Comment