आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

देवचुली ४ का जनप्रतिनिधिको पहिलो निर्णय, सुकुम्बासी समस्या समाधान र शिक्षामा सहज पहुँच

    प्रकाशित २०७९ जेष्ठ १०, मंगलबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिका वडा नं ४ का जनप्रतिनिधिहरुले पहिलो दिन दुई महत्वपुर्ण निर्णय गरेका छन् । पहिलो निर्णयमा देवचुली वडा नं ४ को मुख्य समस्याका रुपमा रहेको सुकुम्बासी समस्यालाई तत्काल समाधान गर्ने र दोस्रो निर्णयमा देवचुली ४ मा रहेका पाँच बर्षभन्दा माथिका बालबालिकाहरुलाई विद्यालयमा पठन–पाठनको सहज वातावरण बनाउने निर्णय गरेको हो ।

सोमबार वडामा आयोजना गरिएको जनप्रतिनिधिहरुको पहिलो बैठकले वडाभित्रको भूमिहिन सुकुम्बासी समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गर्नेतर्फ पहल गर्न वडा लाग्ने नवनिर्वाचित वडाध्यक्ष गिरबहादुर थापा क्षेत्री रामले बताए ।

वडावासीले विश्वास गरि पुनः आँफूलाई वडाध्यक्ष पदमा निर्वाचित गराएको आँफूले वडावासीको विश्वासलाई आत्मसाथ राख्दै वडाका समस्यालाई समाधान गर्नतर्फ लाग्ने अध्यक्ष थापाले बताए । साथै उनका अनुसार देवचुली ४ मा विपन्न परिवारका धेरै बालबालिका रहेकाले शिक्षा नै सबैभन्दा मुख्य आधार रहेकाले बालबालिकाको शिक्षालाई विशेष प्राथमिकता रहेको बताए ।

Write your Comment