आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुली १३ मा कृष्णबहादुर थापाको अध्यक्षतामा वैदिक धर्म परिषद वडा कमिटी गठन

    प्रकाशित २०७९ जेष्ठ ९, सोमबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिका वडा नं १३ मा वैदिक धर्म परिषदको वडा कमिटी गठन गरिएको छ । कृष्ण बहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा केशव अर्याल, सचिवमा डोलराज काफ्ले,कोषाध्यक्षमा कल्पना न्यौपाने, सहसचिवमा मणिप्रसाद भूर्तेल र सदस्यहरुमा गोविन्द न्यौपाने,निलकुमारी अधिकारी,चन्द्रकला भुसाल,देविप्रसाद ज्ञवाली,लक्ष्मी न्यौपाने,गोमा डुम्रे,रिता ज्ञवाली र माया पौडेल रहेको वैदिक धर्म परिषद नवलपुरका अध्यक्ष टीकाराम न्यौपानेले जानकारी दिए ।

वैदिक धर्म परिषदले प्राचीन कालदेखि रहेको हिन्दू संस्कारलाई जगेर्ना गर्ने र समुदायमा धर्म संस्कृतिको बारेमा सचेत गराउने अभियान संचालन गरिरहेको जिल्ला अध्यक्ष न्यौपानेले बताए । वैदिक धर्म परिषदले देवचुलीका ८ वडामा कमिटी गठन गरिसकेको र बाँकी वडामा समेत चाँडै नै समिती गठन गरिने न्यौपानेले बताए ।

Write your Comment