आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

आफ्नो लागि आफै प्याड बनाउने अभियान समुदाय स्तरमा प्रभावकारी बन्दै

    प्रकाशित २०७९ जेष्ठ ८, आईतबार (२ साल अघि)


देवचुली । महिनावारीको बेलामा प्रयोग गरिने प्याडको मूल्य वृद्धि र करको बारेमा बेला बेलामा आन्दोलन र बहस हुने गर्छ ।अन्य सामग्रीसँगै प्याड पनि विलासिताका वस्तु नभएर आवश्यकीय सामग्रीमा राखिनुपर्ने र यसको सर्वसुलभ उपलब्धताको लागि समेत आवाज उठ्ने गरेको छ ।कावासोतीमा किशोरीहरुले आफूलाई आवश्यक पर्ने प्याड आफैले निर्माण गर्ने र आफ्नो अभिभावकलाई समेत सिकाउने अभियान प्रभावकारी बन्दै गयको छ ।

कावासोती नगरपालिकामा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका सहजकर्ता किशोरीहरुले बिदाको दिन परे पछी आफूले सिकेर अहिले आफूले पढ्ने विद्यालय र समुदायका स्तरमा महिनावारी सरसफाई र प्याड निर्माण सिकाउदै आयका छन् ।
आज कावासोती नगरपालिका वार्ड नं १० मगरकोटमा तालिम प्राप्त किशोरी अभियन्ताहरुले पुन: प्रयोग योग्य प्याड बनाउने र महिनाबारीको बारेमा किशोरीहरु र अभिभावकहरुलाई सिकाएका छ्न।
छात्रा विद्यार्थीहरु महिनावारी हुँदा आवश्यक पर्ने सरसफाइको ज्ञान र प्याड गराउन पाउँदा खुसी देखिएका थिए ।महिनावारीको बेलामा विद्यालय नआउने र विद्यालयमा महिनावारी हुँदा कक्षा छोडेर घर जाने समस्याले गर्दा उनीहरुको पढाईमा असर पुग्नुका साथै महिनावारी हुँदा गर्नुपर्ने सरसफाइको ज्ञान नहुँदा पनि उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर लाई रोक्न यसले सहयोग गर्ने सहभागी किशोरीहरूले बताए ।

जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत ३५ जना किशोरीलाई साथी शिक्षक (peer educator) को रूपमा तालिम हरु दियर उनीहरूको मार्फत कावासोती नगरपालिकाका विभिन्न वडा, विद्यालय तथा समुदायमा किशोरीहरुसंग सम्बन्धित विभिन्न विषयहरुमा तालिम र सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको महासचिव दिपक शर्माले बताए ।
किशोरी शसक्तिकरण अभियानअन्तर्गत समुदाय तथा विद्यालयमा रहेका बाल विवाह, सानो उमेरमा नै बच्चा जन्माउने, लागू औषधको प्रयोग, अनलाईनको दुरुपयोग जस्ता समस्याहरुको पहिचान गरी ती समस्याहरु समाधानका लागि स्वयं किशोर र किशोरीहरुको सहभागितासहित अभिभावक सचेतना कार्यक्रम संचालन, बाल क्लवहरुको क्षमता अभिवृद्धि गरी अभियानहरू संचालन, जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई जिम्मेवार तथा जवाफदेही बनाउने, सहभागिता अभिवृद्धिको लागि पहलहरु गर्ने जस्ता कार्यक्रमहरु रहेको बताइएको छ । आजको सो कार्यक्रममा २० जना किशोरीहरु र अभिभावक हरुको सहभागिता रहेको थियो ।

Write your Comment