आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाको नगरप्रमुखको पहिलो दिन ज्येष्ठ नागरिकको भेटघाट देखि शैक्षिक संस्थाको अवलोकन

    प्रकाशित २०७९ जेष्ठ ७, शनिबार (१ साल अघि)


राजु चापागाई,देवचुली । देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेले सपथ ग्रहण पश्चात ज्येष्ठ नागरिकको आशीर्वादसँगै पदभार ग्रहण गर्नुभएको छ ।
देवचुली नगरपालिकाको नगरप्रमुखमा न्यौपानेले नवलपुरका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको थियो । लगतै उहाँले नगर उपप्रमुख पार्वता तिवारी सहित निर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रबार नै शपथ ग्रहण गराउनु भएको थियो ।न्यौपाने सँगै उप प्रमुख तिवारीले शपथ ग्रहण लगतै देवचुली १० निवासी ९२ वर्षीय डिलाकुमारी पराजुलीबाट आर्शिवाद लिएर पदभार ग्रहण गर्नुभएको हो ।

न्यौपानेले पदभार ग्रहण गर्दै नगरको महत्त्वपूर्ण तीन निर्णयमा गरेका गर्नुभएको छ । देवचुली ११ को वडा कार्यालयबाट पहिलो अवलोकन सुरु गर्नुभएको न्यौपानेले प्रगतिनगर स्वास्थ्य चौकीको अवलोकन गर्नुभएको समेत गर्नुभएको थियो । देवचुली ११ वडा कार्यालयमा वडाबासीहरु सँगै नव निर्वाचित वडा अध्यक्ष ,सदस्यहरुले नगर प्रमुख , उप प्रमुखको स्वागत गरेका थिए भने प्रगतिनगर स्वास्थ्य चौकीका प्रमुख लोकनाथ अर्यालले स्वागत सहित आफुले दिने सेवाहरुको बारेमा नगर प्रमुख, उप प्रमुखलाई जानकारी गराउनु भएको थियो।

देवचुली ९ मा पुगि त्यहाँ रहेको वडा कार्यालयको अवलोकन गरेका नगर प्रमुख, उपप्रमुखले देवचुली कै महत्वपूर्ण पर्यटकीय गन्तव्य घुमाउरे पिकनिक स्पटको अवलोकन गर्नुभएको थियो । वडा ९ का निर्वाचित जनप्रतिनिधिहरु सहित अवलोकनमा पुग्नुभएका नगर प्रमुख न्यौपानेले पर्यटकीय स्थलहरुको पर्वद्धनमा नगरपालिकाको प्राथमिकता रहेको बताउनु भयो ।

देवचुली १६ को वडा कार्यालय,१७ को वडा कार्यालय हुँदै देवचुली ४ मा पुगि सम्बोधन गर्नुभएका न्यौपानेले सुकुम्बासी समस्यालाई हल गर्नका लागि शुक्रबार नै पहिलो निर्णय गरेको र आफ्नो कार्यकालमा सुकुम्बासीहरुलाई जग्गा धनी पुर्जा उपलब्ध सक्रिय भई काम गर्ने बताउनुभयो । वडा कार्यालयहरुमा निर्वाचित वडा अध्यक्ष , सदस्यलगायत स्थानीयहरुले स्वागत गर्नुभएको थियो । नगरप्रमुख सहितको टोली देवचुली ५ को वडा कार्यालयको समेत अवलोकन गरेको थियो ।

देवचुली १ मा रहेको नेपाल नमूना मा वि मा पुग्नुभएका न्यौपानेले शिक्षा क्षेत्रमा नगरपालिकाको प्राथमिकता रहेको बताउनुभयो । नेपाल मा वि का शिक्षकहरुले नवनिर्वाचित नगर प्रमुख , उप प्रमुख , वडा अध्यक्षहरुलाई स्वागत गर्नुभएको थियो । नगरपालिकाले शिक्षा क्षेत्रमा गर्नुपर्ने कामहरुका लागि शिक्षकहरूले नगर प्रमुखलाई अनुरोध गर्नुभएको थियो । नगर प्रमुखलाई सेपाक्र ताक्रोका राष्ट्रिय खेलाडी विजय महतो सहित खेलाडीको टोलीले नेपाल नमूना मा वि मा भेटी कभड हल निर्माणका लागि पहल गर्न अनुरोध गरेका थिए । नगर प्रमुख न्यौपानेले आफ्नो कार्यकालमा कभड हल निर्माण गर्ने योजना रहेको बताउनुभयो ।

कार्यकालको पहिलो दिनमा ज्येष्ठ नागरिक , शिक्षा ,स्वास्थ्य, पर्यटन, खेलकुद लगायतको अवलोकन गर्नुभएका नगर प्रमुख न्यौपानेले आफ्नो कार्यकालमा विविध क्षेत्र प्राथमिकता रहेको सन्देश दिनुभएको छ।

Write your Comment