आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुलीका काँग्रेस सभापति कडरियाद्वारा राजीनामा

    प्रकाशित २०७९ जेष्ठ ४, बुधबार (१ साल अघि)


देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका नेपाली काँग्रेसका पार्टी सभापति डिल्लीराम कडरियाले नगरसभापति पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा देवचुली नगरपालिकामा नेपाली काँग्रेसले अनेपक्षित हार बेहोरेकाले आँफूले नैतिकताको आधारमा राजीनामा दिएको सभापति कडरियाले जानकारी दिएका छन् ।

कडरियाले राजीनामा पत्र नेपाली काँग्रेसका जिल्ला उपसभापति बालकृष्ण घिमिरेलाई बुझाएका हुन् । देवचुली नगरपालिकामा नेपाली काँग्रेसको नेतृत्व स्थापित गर्न अहोरात्र खटिए पनि निर्वाचनको मत परिणाम आँफूहरुले सोचेभन्दा फरक आएकोमा कडरियाले दुःख व्यक्त गर्दै देवचुली नगरपालिकाका काँग्रेसजन प्रति क्षमायाचना गरेका छन् ।

कडरियाले राजनीतिमा नैतिकताको प्रश्न प्रमुख हुने भएकाले सोही परिधिभित्र रहेर स्वईच्छाले राजीनामा दिएको बताएका छन् ।

Write your Comment