आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नवलपुरको एक मतदान केन्द्रमा महिला कर्मचारी मात्रै

    प्रकाशित २०७९ बैशाख २८, बुधबार (१ साल अघि)


ज्ञानु पंगेनी,कावासोती । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नवलपुरको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्माका अनुसार कावासोती नगरपालिका ३ स्थित जीवनज्योति मावि (ख) मा मतदान अधिकृतदेखि सहयोगीसम्मका महिलालाई खटाइएको हो । शर्माले दिनुभएको जानकारी अनुसार उक्त मतदान केन्द्रमा खटाइएका पाँच जना महिला कर्मचारीहरूमा एक जना घरेलु तथा साना उद्योग कार्यालयबाट र चार जना जिल्ला अदालत नवलपुरबाट रहनुभएको छ । मतदान अधिकृत शान्ति गुरुङ , सहायक मतदान अधिकृत राधिका सापकोटा ( घरेलु तथा साना उद्योग कार्यालय नवलपुर ) सहायक कर्मचारी रचना ढुङ्गाना , सहायक कर्मचारी सुस्मिता पंगेनी र कार्यालय सहयोगी जीवकला केसी पराजुली गरेर पाँच जना सबै महिला कर्मचारी नै खटाइएको शर्माले जानकारी दिनुभयो ।
निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको उहाँको भनाई छ । विगतमा भएका निर्वाचनमा समेत नमुना कार्य अन्तरगत महिलामैत्री मतदान केन्द्र हुन गरेका थिए । गत निर्वाचनमा शिव मावि कावासोती दुईमा महिला कर्मचारी मात्रै खटाइएको थियो ।
नवलपुरमा स्थानीय तह निर्वाचनका लागि १ सय १३ मतदान केन्द्र छन् ।

Write your Comment