आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाको अत्यावश्यक बाहेक अन्य सेवा शुक्रबार सम्मका लागि बन्द

    प्रकाशित २०७९ बैशाख २७, मंगलबार (१ साल अघि)


देवचुली । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि देवचुली नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द हुने भएको छ ।
बैशाख २७ गते मंगलबार देखि बैशाख ३० गते शुक्रबारसम्म स्थानीय अत्यावश्यक बाहेकका अन्य सेवा बन्द हुने जनाइएको छ ।

स्थानीय तहको निर्वाचनमा देवचुली नगरपालिका अन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु निर्वाचन कार्यका लागि खटिनुपर्ने भएकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

Write your Comment