आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

एमाले प्रवेशकाे लहर बढ्दाे , टाेल नै एमालेमा प्रवेश

    प्रकाशित २०७९ बैशाख २६, सोमबार (१ साल अघि)


डि आर क्षेत्री। दशैभर अहिले स्थानिय तहकाे निर्वाचनकाे सरगर्मी बढिरहेकाे छ । सबै दलहरु मतदातालाई आफ्नाे पक्षमा पार्न रस्साकस्सि गरिरहेका छन् । यसै बिच आज देवचुली-१, गर्दुवा टाेलका प्रभावशाली व्यक्ति विशाल मगर नेपाली कांग्रेसका पुराना नेता चन्द्र बहादुर अस्लामी मगर लगायत सम्पुर्ण मगर समाज नै एक कार्यक्रमका बिच नेकपा एमाले प्रवेश गरेका छन् । मुलत पार्टिभित्र देखिएकाे किचलाेकाे पछिल्लो समय पार्टी उर्पयुक्त सैद्धान्तिक पक्षमा विचलित र दिग्भ्रमित भएको महसुस गरेकाे , पार्टि विचार र सिद्धान्तका लागि राष्ट्रियताकाे मुद्दामा एकढिक्का भएर लागेकाे नेकपा एमाले पार्टि नै उपयुक्त ठानि आज प्रवेश गरेकाे कार्यक्रममा बाेल्दै विशाल मगरले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य सुर्य प्रसाद पाेख्रेल , प्रदेश सल्लाहकार परिषद सदस्य लेखनाथ घिमिरेले नव प्रवेशिहरुलाई अबिर , टीका र खादा लगाएर पार्टिमा प्रवेश गराउनु भएको थियाे । नव प्रवेशीहरुलाई स्वागत गर्दै प्रमुख अतिथि पाेख्रेलले समयमै सहि निर्णय लिनुभएकाे तथा नव प्रवेशिहरुलाई पार्टिले सम्मान गर्दै सहि स्थान दिने बताउनु भएको छ ।

नव प्रवेशी चन्द्र बहादुर अस्लामी मगर साविककाे काेटथर गाविसका जनप्रतिनिधि नेपाली कांग्रेसकाे तर्फबाट विभिन्न संघ संस्थाहरुमा प्रतिनिधित्व गरिसकेका थिए ।कार्यक्रममा वडा अध्यक्षकाे उमेदवार समेत रहनुभएका देवचुली नगर कमिटिका अध्यक्ष कृष्ण बहादुर के. सी. ले सबै टाेलबासिलाई मन र मत दिएर सहयाेग गर्न अनुराेध गर्नुभएको थियाे । विभिन्न स्थानबाट गर्दुवा टाेलमा बसाेबास गर्ने २४ घरधुरिका ५७ जना एमालेमा प्रवेश गरेका हुन् । यसै बिछ गर्दुवा टाेलकै पुराना तथा कांग्रेसका नेता प्रेम गुरुड गतसाता नै एमाले प्रवेश गरेका थिए ।

Write your Comment