आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा एमालेका युवाहरुकाे बृहत् भेला सम्पन्न

    प्रकाशित २०७९ बैशाख १८, आईतबार (१ साल अघि)


डि आर क्षेत्री , देवचुली । बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनकाे सरगर्मी गाउँ गाउँसम्म पुगिसकेकाे छ । यसैबिच नेकपा एमालेका उम्मेदवारहरुलाई भारी मतका साथ विजयी गराउन देवचुलीमा राष्ट्रिय युवा संघले आफ्नो क्रियाशिलता बढाएको छ ।

यसै बिच बैशाख १८ गतेका दिन राष्ट्रिय युवा संघ नेपाल वडा नं १ वडा कमिटि देवचुलीले बृहत् युवा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल नवलपुर ईन्चार्ज तथा केन्द्रीय सदस्य मदन गिरीले युवा साथीहरुलाई चुनावका बेलामा युवाहरुले खेल्नुपर्ने भुमिका , आचरण तथा मतदाता प्रशिक्षणमा समेत युवा विद्यार्थी साथीहरु लाग्नुपर्ने बताएका थिए । नेपाली कांग्रेस गर्दुवाका पुराना नेता प्रेम गुरुङ पार्टी विचलित भएको कारण कांग्रेसमा बस्न सकिने अवस्था नरहेकाे भन्दै नेकपा एमाले प्रवेश गरेका छन् । आज नै नेपाली कांग्रेस वडानं १ वडा सह-सचिव ओम वहादुर बि.क. सहित विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका छन् ।

राष्टिय युवासंघ नेपाल वडा कमिटिले वडा नं १ का अध्यक्ष कृष्ण काफ्ले संयाेजक , बसन्त पाैडेल र विजय माझी सह संयाेजक रहने गरि ५१ जनाकाे युवा संघ निर्वाचन परिचालन कमिटी समेत गठन गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि सुर्य पाेख्रेलले समग्र वडा भित्रकाे मत संरक्षण , नेता कार्यकर्ताकाे सुरक्षामा चुनावमा हुनसक्ने चलखेल युवाहरु चनाखाे भएर लाग्नुपर्ने बताएका थिए । साे कार्यक्रममा जिल्लाका नेताहरु दिपक भट्टराई , सागर न्याैपाने र विष्णु चापागाईं, सुवास ओझाले मन्तव्य राखेका थिए । कृष्ण काफ्लेकाे अध्यक्षतामा भएको बैठकले १५ जनाकाे वडा माेवाईल टाेलि समेत गठन गरेकाे छ ।

Write your Comment