आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा नेकपा एमाले प्रवेश गर्नेको संख्या बढ्दै

    प्रकाशित २०७९ बैशाख १५, बिहिबार (१ साल अघि)


देवचुली । स्थानिय तहकाे निर्वाचन २०७९ काे सरगर्मि बढिरहेकाे छ । निर्वाचन नजिकिदै गर्दा देवचुलि-१ केउरानी पुरै एमालेमय बनेकाे छ । यसै सन्दर्भमा विभिन्न पार्टि परित्याग गरि नेकपा एमाले प्रवेश गर्नेहरुकाे जमात दिन प्रतिदिन बढिरहेकाे छ । नेपाली कांग्रेस , माओवादी केन्द्र लगायतका पार्टि परित्याग गरि बुधबार २७ जना नेकपा एमाले प्रवेश गरेका छन् । गठबन्धनकाे फाईदा निरन्तर नेकपा एमालेलाई अवसर सिद्ध भएको देखिन्छ ।
एमाले केउरानीका पुराना सन्त नेता बिन बहादुर जि एम का अनुसार २०३८ साल देखि विरासतकाे रुपमा रहेको केउरानी वाममय रहेको बताए ।
गत साता नेकपा एमालेकाे स्थापना दिवशकाे अवसरमा नेपाली कांग्रेस प्रदेस ख का सदस्य चर्चित नेता सुवास ओझा , बसन्त पाैडेल सहित ९० जना एमाले प्रवेस गरेका थिए ।

Write your Comment