आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

स्थानीय निर्वाचन : देवचुलीमा ३ सय ११ जनाको उम्मेदवारी दर्ता

    प्रकाशित २०७९ बैशाख १३, मंगलबार (१ साल अघि)


देवचुली । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि देवचुली नगरपालिकामा आईतबार र सोमबार मनोनयन दर्ता भएको छ। देवचुलीमा मेयर,उपमेयरसहित अन्य पदका लागि ३११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

देवचुलीमा नगर प्रमुख पदको लागी ९ जना र उप प्रमुख पदको लागी ८ जनाले आज उम्मेद्वारी दर्ता गराएका छन्।नगर भित्रका १७ वटा वडाका लागि ७५ जना वडा अध्यक्ष , वडा सदस्य प्रथमको लागि ७४ जना र द्वितीयको लागि ४९ जनाले उम्मेद्वारी परेको छ।

यस्तै खुल्ला वडा सदस्यको लागि ५३ जना र दलित महिला सदस्यको लागी ४३ जनाले आफ्नो उम्मेद्वारी दर्ता गराएको देवचुली नगरपालिकाको निर्वाचन कार्यालयले जनाएको छ।

Write your Comment