आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

स्थानीय तहको निर्वाचनका लागि देवचुलीमा १७ जनाले दिए उम्मेदवारी

    प्रकाशित २०७९ बैशाख १२, सोमबार (२ साल अघि)


देवचुली । आसन्न बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि देवचुलीमा आइतबार १७ जनाले मनोनयन दर्ता गराएका छन् । देवचुली नगरपालिकाको नगर प्रमुख पदका लागि अस्विनराज ओझा स्वतन्त्रतर्फबाट र दुदबहादुर आले मगर मङ्गोल नेशनल अर्गनाईजेसनबाट उम्मेदवारी दर्ता गराएका छन् भने नगर उप–प्रमुख पदका लागि फूल बहादुर थापा मगरले मङ्गोल नेशनल अर्गनाईजेसनबाट उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरि वडाध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

वडाध्यक्ष पदका लागि स्वतन्त्रतर्फबाट देवचुली वडा नं १७ निवासी तिलक बहादुर थापा, देवचुली वडा नं १६ ललित बहादुर बोहोरा रहेका छन् । वडाध्यक्ष पदका लागि मङ्गोल नेशनल अर्गनाईजेसनबाट वडा नं १६ निवासी प्रेमबहादुर सोमै र वडा नं ४ निवासी बमबहादुर सोमै, स्वतन्त्रबाट वडा नं १६ निवासी महेशराज आचार्यको मनोनयन दर्ता भएको छ ।
महिला वडा सदस्यतर्फ मङ्गोल नेशनल अर्गनाईजेसनबाट देवचुली वडा नं १६ का लालमाया बाचे, वडा नं ४ का रुपा थापा मगर, वडा नं १६ का देउमाया गाहा मगर, वडा नं ४ का भीमबहादुर तामाङले उम्मेदवारी गराएका छन् ।
यसैगरि दलित महिला वडासदस्यतर्फ मङ्गोल नेशनल अर्गनाईजेसनबाट देवचुली १६ का धनमाया वि.क र देवचुली ४ का मणिसरा सार्कीको मनोनयन दर्ता भएको देवचुलीका निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिनुभयो ।

Write your Comment