आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

विनयी त्रिवेणीमा अध्यक्ष उपाध्यक्ष सहित सबै वडा अध्यक्षको राजिनामा

    प्रकाशित २०७९ बैशाख १०, शनिबार (२ साल अघि)


नवलपुर । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा गाउँपालिका अध्यक्ष डम्बर बहादुर जि.सी. सहित अधिकांस निर्वाचित जनप्रतिनिधिले शुक्रबार पदबाट राजिनामा दिएका छन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न भन्दै पालिका अध्यक्ष जि.सी, उपाध्यक्ष मिनाकुमारी राना सहित सबै निर्वाचित वडा अध्यक्षहरुले राजिनामा दिएका हुन् ।
वडा अध्यक्षहरु अजितकुमार थापा, बिष्णु ढकाल, टुक बहादुर वैदवार, गोपाल अधिकारी, रन बहादुर झेडी, प्रितम गुरुङ, र गोपाल बहादुर क्षेत्रीले राजिनामा दिनु भएको छ । यस्तै कार्यपालिका सदस्य रुमा चुहान मगर, चन्द्र बहादुर बि.क., शारदा थापा, रुपा दर्जिले राजिनामा दिएका छन् ।
कुल ३८ जना गाउँ सभा सदस्य रहेको गाउँपालिका ३१ जनाले राजिनामा दिएका हुन् । गाउँपालिकामा शुक्रबार जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम आयोजना गरिएको थियो । सम्मान कार्यक्रममा आएका अधिकांस जनप्रतिनिधिहरुले राजिनामा दिएका हुन् ।

Write your Comment