आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली-१० मा कांग्रेसबाट पाँचै जना उम्मेदवार सर्वसम्मत

    प्रकाशित २०७९ बैशाख ८, बिहिबार (२ साल अघि)


देवचुली । वैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागि देवचुली नगरपालिकाको वडा नं १० ले पाँचै जना उम्मेदवार सर्वसम्मत रुपमा टुङ्गयाएको छ । नेपाली काँग्रेसले देवचुली वडा नं १० को वडाध्यक्ष पदका लागि रेप्ती कुमार घर्ति मगरलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो ।
वडाध्यक्ष पदका उम्मेदवार रेप्ती कुमार घर्ति मगर नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. १ का क्षेत्रिय सदस्य समेत हुन्।
यसै गरि वडा सदस्यमा मोहन थापा मगर, लेखनाथ भुसाल जैसी, महिला सदस्यमा बिष्णु माया पंगेनी र दलित महिला सदस्यमा रिता सुनारलाई उम्मेदवारको रुपमा अगाडी सार्ने सर्वसम्मत निर्णय गरेको नेपाली कांग्रेस देवचुली-१० का वडा सभापति संजय काफ्लेले जानकारी दिए।

Write your Comment