आज:  २०८० मंसिर १७, आईतबार | Sun, 03, Dec, 2023 Search
FLASH NEWS

देवचुली १२ को वडा अध्यक्षमा नेपाली काँग्रेसबाट भुर्तेल सर्वसम्मत उम्मेदवार

    प्रकाशित २०७९ बैशाख ७, बुधबार (१ साल अघि)

देवचुली। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस देवचुली वडा नं १२ ले वडाध्यक्ष पदका लागि लोकप्रसाद भुर्तेललाई सर्वसम्मत चयन गरेको छ । बुधबार नेपाली काँग्रेस देवचुली १२ को भेलाले वडाध्यक्षको उम्मेदवारको टुंगो लगाएको हो ।
यसैगरि देवचुली १२ को वडा सदस्यहरुका उम्मेदवारको भोलि सम्ममा टुंगो लगाउने नेपाली काँग्रेस देवचुली नगर सभापति डिल्लीराम कडेरियाले जानकारी दिए ।
वडाध्यक्षका उम्मेदवार भुर्तेल अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष पदकै उम्मेदवार थिए। त्यसबेला उनी नेकपा एमालेका उम्मेदवारसँग ७० मतले पराजित भएका थिए।

Write your Comment